दफा १४
राजस्व र व्ययको अनुमान पेश गर्नु पर्ने
: (१) दफा १३ बमोजिम तयार गरिएका नेपाल सरकारको आगामी आर्थिक वर्षको लागि राजस्व र व्ययको अनुमान र विधेयक अर्थ मन्त्रीले प्रत्येक वर्षको जेठ महिनाको १५ गते सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको राजस्व र व्ययको अनुमान पेश गर्नु अगावै अर्थ मन्त्रीले चालू वर्षको आर्थिक सर्वेक्षण सङ्घीय संसदमा पेश गर्नु पर्नछ।